Thoughts

पानी पनि नखाई ब्रत बसेकी छुः वर्षा राउत

काठमाडौं, ५ भदौ । नायिका वर्षा राउतले तीजको दिनमा ब्रत बस्न थालेको ५–६ बर्ष भयो । तर, बिहे गरेपछि भने उनको ब्रत बस्ने तरिका बदलिएको छ । रातो सारीमा सजिएकी वर्षाले भनिन्–‘बिहे अगाडि त पानी खाएर ब्रत बसेकी थिएँ । तर, गतबर्षदेखि भने पानी पनि नखाई ब्रत बस्न थालेकी छु ।’

वर्षाका अनुसार, उनले बेलुकी पूजा गरेपछि पानी र जुस पिउनेछिन् । तर, अन्न भने भोली बिहान मात्र खाने उनको भनाई छ । निषेधाज्ञाका कारण वर्षा माइतीघर जान पाइनन् । घरमै परिवारसँग रमाइलो गर्दै तीज मनाइरहेको उनले बताइन् । आज नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज हो ।

यो पर्वको अवसरमा देश तथा विदेशमा रहेका धेरै महिलाहरु ब्रत बसिरहेका छन् । विवाहित महिलाले श्रीमान्को लामो आयूको कामना गर्दै ब्रत बस्ने गर्छन् भने कतिपयले ब्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने भन्दै ब्रत बस्छन् ।

Related Articles

Back to top button
Close