Lockdown News

कर्फ्यू उलं घन गर्नेलाई तीन वर्ष सम्म जेल सजाय

काठमाडौ । काठमाडौं उपत्यकाभित्र निरन्तर फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमार्डौ, भक्तपुर र ललितपुरमा भदौ ३ गते राति १२ बजे देखि लागुहुने गरी जारी गरिएको निषे धाज्ञाको पहिलो दिन निकै कडा गरिएको छ ।

सरकारले तोकेका स्वास्थ्य , संचार र अत्यावश्यक क्षेत्रका सवारी साधनहरुले सरकारी निकायबाट वितरण गरिएका पासका आधारमा मात्रै चल्न दिइएको छ । विहानी पैदल यात्रामा निस्किएका सर्वसाधरणलाई समेत हिडडुल गर्नमा रोक लागाईको छ ।

निषेधाज्ञा उलंघन गर्नेलाई सुर कर्मीले सम्झाई बुझाई गर्ने र अटेरी गरेमा संक्रामक ऐन २०२० का आधारमा तीन वर्षसम्मको कैद सजाय र स्थानीय प्रशासन ऐन २०२८ अनुसार तीन महिना देखि ३ वर्ष सम्म कैद सजा य गर्ने निर्णय सरकारले गरेको छ । निषेधाज्ञालाई कडाईका साथ लागु गराउनका लागि काठमाडौंका सडक चोकहरुमा सुरक्षा तैनाथी गरिएको छ । सडकमा संचानल भएका सवारी साधनलाई कडाईका साथ जाँच गरिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close