Local News( SHANKHARAPUR)

शंखरापुर नगरको ३३२० औँ स्थापना दिवस मनाइने !

साँखु । यही फाल्गुण १४ गते हलिं नेवाः गुथि सक्व कचाको आयोजनामा प्रथम पटक शंखरापुर नगरको स्थापना भएको दिनको सम्झनामा ३३२० औँ स्थापना दिवस एक भव्य कार्यक्रम गरि मनाइने भएको छ ।कार्यक्रम संयोजकका रुपमा हलिं नेवाः गुथिका सत्यनारायण श्रेष्ठ हुनुहुन्छ ।

सो कार्यक्रममा संस्कृतिविद् प्रकाशमान सक्वको पूर्ण सक्रियता देखिएको छ । उहाँका अनुसार फाल्गुण १४ गते सक्व कटेजबाट बिहान गणेश पूजाको लागि तयारी गरिनेछ । टोल गणेश पूजा सकिएपछि सक्व कटेजबाटै प्रभातफेरिको आयोजना गरिने भएको छ ।प्रभातफेरिमा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर ९ वटै वडाका वडा अध्यक्षहरु लगायत हलिं नेवाः गुथिका केन्द्रिय अध्यक्ष तथा विभिन्न शाखाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

प्रभातफेरिमा विभिन्न बाजा गाजा सहित, देवी नाच, लाखे नाच, बासुरी वादन, बज्रयोगिनी डान्स लगायतको सहभागिता रहनेछ ।
प्रभातफेरि साँखु बजारको परिक्रमा पछि सक्व कटेजमै पुगेर समापन गरिनेछ । त्यहाँ समयवजी खाईवरी औपचारिक कार्यक्रम सुरु गरिनेछ ।

औपचारिक कार्यक्रमको उद्घाटन मेयर सुवर्ण श्रेष्ठले गर्नुहुनेछ भने उद्घाटन कार्यक्रमकै दौरान देवी नाच, लाखे नाच, बासुरी वादन, बज्रयोगिनी डान्सको प्रदर्शन गरिने भएको छ । यसको लागि हलिं नेवाः गुथि सक्व कचाले विशेष तयारी गरि विभिन्न कमिटीहरु बनाएको छ भने संघ संस्था भेला लगायतका कार्यक्रमहरु गरिसकेको छ ।

Related Articles

Back to top button
Close