Lockdown News

अत्या`वश्यक सेवा दिने कार्यालयका कर्मचारीले यो समयमा कार्यालय जान र घर फर्कि`ने पाउने !

काठमाडौँ, काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्या न्वयनमा प्रशा सनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्य`काको तीनवटै जिल्ला`का प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्ने/ग`राउने नि`र्णय भएको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण कार्यका लागि बुधबार रातिबाट एक हप्ता भदौ १० गते बुधबार राति सम्मका लागि अ`त्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्र`हरी परिचालन गरिएको छ ।

अत्या`वश्यक यातायात सेवाहरू दमकल, बिरामी बो`केका एम्बुलेन्स, श`व वाहन, ढुवानी जन्य खा`द्य, इ`न्धन, दुग्ध जन्य पदार्थ, तरकारी, फलफूल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सवार सवारी साधन बाहेकलाई उपत्यका बाट बाहिरिन र भित्रिन रोक लगाइएको छ ।

का`ठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले औषधि र खाद्य`वस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधार`णलाई घर बाहिर ननिस्कन आग्रह गर्नुभयो । उहाँले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिनुभयो ।

उपत्यका भित्र माल वाहक ढुवा`नीका सवारी साधन तथा विद्युत्, दूर सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसो`लेसन, फोहो`रमैला व्य`वस्थापन, अस्पतालमा जाने बिरामी, मृत्यु संस्कारका लागि हिँडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा कर्मी सवार सा`धनमा रोक लगाइएको छैन ।

कोभिड–१९ निय`न्त्रणमा खटिए`का राष्ट्र`सेवक कर्मचारी, नियमित सेवा प्रदान गर्न अनिवार्य गरिएका कार्यालयका कर्मचारीको हकमा भने बिहान ९ बजेदेखि १०.३० बजे सम्म र साँझ ३ बजेदेखि ५.३० बजेको समय निर्धा`रण गरिएको छ । यसका लागि ती कार्याल`यहरूले `न्यूनतम कर्मचारी`को सङ्ख्या निर्धा`रण गर्नुका साथै कार्यालयबाट जारी फोटो सहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

Related Articles

Back to top button
Close