Corona (COVID-19) Updates

काठमाडौँमा कोरोना म्यासिभ आउटब्रेकको खतरा, ८० प्रतिशत वासिन्दा संक्रमित हुन सक्ने !

काठमाडौँ – अहिले पूरै नेपाल कोरोनाको चपेटामा छन्। नेपालमा भिन्न-भिन्न स्थानमा कोरोना संक्रमणको भिन्न-भिन्न रुप छ। केहि स्थानमा संक्रमण तेस्रो चरणमा प्रवेश गरिसकेको छ भने केहि स्थानमा संक्रमण चौंथो चरणमा प्रवेश गर्ने क्रममा छ। सामुदायिक तहमा फैलिएपछि कोरोनाको संक्रमण तेस्रो चरणमा फैलिएको मानिन्छ। साथै त्यस भन्दा थप भयाभह फैलावटलाई चौंथो चरण मानिन्छ।

स्वास्थ्यविज्ञहरुका अनुसार पर्सा जिल्लामा कोरोना भाइरस संक्रमण चौंथो चरणमा प्रवेश गरिसकेको छ। चौथो अथवा ‘म्यासिभ आउटब्रेक’कै कारण पर्सा जिल्लामा पछिल्लो समय धेरैको ज्यान गइरहेको स्वास्थ्यविज्ञहरु बताउँछन्।

पहिला-पहिला क्वारेन्टाइनमा बसेका मानिस, विदेशबाट फर्केकाहरुमा मात्र कोरोना देखिएता पनि अहिले आएर भने समूदायमै कोरोना देखिन थालेको प्रति विज्ञहरु चिन्ता व्यक्त गर्छन्। अहिले कोरोनाले युवामात्र नभई दीर्घरोगी, वृद्धवृद्धा सबैलाई भेट्न थालेका कारण मृत्युदर पनि बढेर गएको छ। यो क्रम अझ बढ्न सक्ने विज्ञहरुको चिन्ता छ।

हिमाली क्षेत्रमा कोरोनाको खासै जोखिम नदेखिएपनि पहाडी तथा तराई क्षेत्रमा कोरोनाले उग्र रुप नै लिने देखिएको छ। नेपालमा कोरोना संक्रमणको अवस्था हेर्दा महामारी फैलिएको क्षेत्र प्रदेश २ हो र काठमाडौँमा तेस्रो चरणको प्रकोप सुरु भएको बताइन्छ।

वीरगञ्जमा संक्रमणको देखिरहेको रुप अझै भयानक हुँदै जाने विज्ञहरु बताउँछन्। यस्तै उच्च जनघनत्व भएको काठमाडौँको अवस्था त्यो भन्दा भयाभह हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौंमा म्यासिभ आउटब्रेक भएको खण्डमा उपत्यकाका ८० प्रतिशत वासिन्दा संक्रमित हुन सक्ने विज्ञहरुको अध्ययनले देखाएको छ। त्यसमध्ये ३ प्रतिशत अथवा त्यो भन्दा बढी आईसीयूमा राख्नुपर्ने बिरामी निस्किन सक्छन्।

‘अहिले कतै यात्रा विवरण नभएको घरमै बसेका मानिस पनि संक्रमण भएर अस्पताल भर्ना भइरहेका छन्। यसले कोरोना समूदायमै फैलिएको संकेत गरेको छ’,विज्ञहरु भन्छन्,’दशैँतिहारसम्म देशैभर एक लाख संख्या संक्रमित हुन सक्ने देखिन्छ।’

Related Articles

Back to top button
Close