ThoughtsVideos

राष्ट्रिय झण्डा जलाउने गायक प’क्राउ, गायक मात्र हैन गिरोह नै छ भन्दै सगर थापाको आ’क्रोश (भिडियो)

म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जल’ाउने मुख्य अ’भियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले प’क्राउ गरेको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म ९ जनालाई प’क्राउ गरिएको जानकारी दिएको हो ।

युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी वि’रोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जा’ति विशेषलाई गा’ली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।

मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत ज’लाइएको छ ।

प’क्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । प’क्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै प’क्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा ज’लाउने कार्यमा संलग्न छ जनालाई र दुई जना महानगरीय अ’पराध महाशाखाले गरी आठ जनालाई प’क्राउ गरेको हो

Related Articles

Back to top button
Close