Lockdown News

उपत्यकामा निषेधाज्ञामा के के लाई छुट ? घरबाहिर निस्कन निषेध!

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।उपत्यकमा दिनहुँ कोरोना संक्र*मितको संख्या बढ्दै गएपछी प्रशासन सो निर्णयमा पुगेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।

आज मध्यरात देखि लागू हुनेगरी काठमाडौं उप`त्यकामा एक सातासम्म निषे`धाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार सुरक्षा समितिको संयुक्त बैठकले मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रा`लयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्र*मितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवा `बाहेक अरु सेवाहरु ब`न्द हुनेछन् ।सं`क्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ ९३०बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशा`सनले जनाएको छ।

यो निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्याव`श्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननि`स्कन भनिएको छ। यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार(व्यवसाय बन्द गरिने छ।अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्य`कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमा`डौंमा सवारी`साधन भि`न दिइने छैन। जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबा`हक सवा`रीसाधन पनि ब`न्द हुनेछन्।

कोभिड-१९ को संक्रा*मण जो`खिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा जान(फर्कन पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी परिचयपत्रको आधारमा सवारीसाधन सञ्चालन गर्न पाउने छन्। उनीहरूका लागि बिहान ९ देखि साढे १० र अपराह्न ३ देखि साँझ ५स्३० सम्म आवागमन का लागि साधन चलाउन दिइने छ।

अत्यावश्यकीय वस्तु, सेवा अन्तर्गत पर्ने औषधी, खाद्यान्न, फलपूल, ग्यास, इन्धन, दुग्ध, विद्युत, सञ्चार, मृत्यु संस्कार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल जाने आउने बिरामीलगायतलाई सवारीसाधन चलाउन दिइने छ। यस्तै, कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन हुन पाउने छैन। मानिसहरू भेला(जम्मा हुन र भिडभाड गर्न पाइने छैन।प्रशासनका अनुसार परम्परागत रुपमा भई आएको दैनिक नित्य पूजाबाहेक धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न र जमघट हुन दिइने छैन। शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत बन्द रहनेछन्।

Related Articles

Back to top button
Close