Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण

काठमाडौं ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा बुधबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनकाअनुसार काठमाडौंमा एक सय ३४, ललितपुरमा १७ जना र भक्तपुरमा आठ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।

यसअघि मंगलबार काठमाडौंमा २०५ जनामा कोरोना संक्रमण भएको थियो ।

Related Articles

Back to top button
Close