Political Views

भारतलाई ठुलो झ’ट्का दिदै चीनले नेपाललाई दियो यस्तो खुशीको खबर !

चीनले नेपालसँगका सीमा नाका खोल्ने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन्। चीन, नेपाल, अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार टेली कन्फ्रेन्समार्फत छलफल भएको थियो।

सो छलफलमा चार देशका विदेशमन्त्रीबीच एक देशका नागरिकलाई अर्को देशमा प्रवेश दिने सहमति भएको थियो।

सो अनुरूप चीनले नेपालसहित पाकिस्तान र अफगानिस्तानका नागरिकलाई चीन प्रवेशमा फास्ट ट्रयाक र ग्रीन च्यानलको सुविधा उपलब्ध गराउने भएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले एक अर्का देशका नागरिकलाई प्रवेशका लागि सीमा खुला गर्ने सहमति भएको जानकारी गराएका हुन्।
‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ।

त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ,’ उनले भने। सोमबार चार देशका विदेशमन्त्रीबीच भएको छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेका थिए। छलफलमा चार देशका विदेशमन्त्रीले कोभिड-१९ विरुद्ध संयुक्त रूपमा ल’ड्ने र आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने सहमति भएको प्रवक्ता वाङले जानकारी दिए।

Related Articles

Back to top button
Close