International News

१७६ जना यात्रु रहेको बिमानलाइ इरानले खसालेको स्वीकार गरेपछि, क्यानेडाले लिय कडा एक्सन !!

इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षे’प्यास्त्र प्र’हा’रका लागि तयारी गरिरहेका बेला उक्त विमानलाई अमेरिकी लडाकू विमान भनेर झु’क्किएर खसालेको हुनसक्ने विश्लेषण पनि गरिएको छ उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको पनि इरानका राष्ट्रपति हसन रुहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताउनु भएको छ ।युक्रेनी अन्तर्राष्ट्रिय वायु सेवाको विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित १७६ नागरिकको निधन भएको थियो । तेहरानबाट क्रिभ हुँदै टोरन्टोका लागि उडेको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए ।

दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो । तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै आफैले त्यो भनाइ फिर्ता लिएको थियो ।इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षे’प्या’स्त्र आ’क्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।
पश्चिमी मुलुकहरूद्वारा दावी गरिए अनुसार बुधबार इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानलाई इरानी क्षे’प्या’स्त्र लागि खसेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत) र क्यानाडाले उनीहरूको दावीलाई पुष्टि गर्न प्रमाण उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभयो ।विमान दुर्घटना हुनुमा जहाजमा नै प्राविधिक समस्या देखिएको तेहरानले दावी गरेको छ तर अमेरिका, बेलायत र क्यानडाका अधिकारीहरूले विमानलाई क्षेप्यास्त्रले लागेको श्रव्यदृश्य आफूहरूसँग उपलब्ध रहेको बताएका छन् ।यूक्रेनी राष्ट्रपतिले भन्नुभयो, “हामी हाम्रा यूक्रेनी प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेका छौँ । विमानमा क्षे’प्या’स्त्रले लागेको भन्ने दावीलाई खारेज गर्न सकिन्न ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आ’क्र’मण गर्न सकिने क्षे’प्या’स्त्रबाट विमानमा प्र’हार बाट भएको बताएका छन्।अमेरिका, बेलायत र क्यानाडा सरकारद्वारा जारी गरेका विज्ञप्तिलाई लिएर हामीले उनीहरूलाई घटनाबारे अनुसन्धानरत आयोगसमक्ष तथ्य प्रस्तुत गर्न आग्रह गर्दछौँ ,जेलेन्स्कीले टेलिग्राम ब्लगमा लेखेको रूसी समाचार संस्था स्पुटनिकले उल्लेख गरेको छ ।अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग ब’दला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ।

विमान दुर्घटनामा परी निधन भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको निधन भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेख्नु भएको छ ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू-उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो।चालक दलका नौ सदस्यसहित १७६ जना लिएर इरानको राजधानी तेहरानबाट यूक्रेनका लागि उडेको केही मिनेटमा विमान इरानमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना हुनुभन्दा केही मिनेट पहिले इरानले इराकस्थित अमेरिकी शिविरलाई लक्षित गरी आक्रमण गरेको थियो ।विमान दुर्घटनाबारे जारी अनुसन्धानका बिषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग कुराकानी गर्ने जेलेन्स्कीले बताउनुभयो ।

Related Articles

Back to top button
Close