Corona (COVID-19) Updates

रुसले बनाएको कोरोनाको भ्याक्सिनको माग विश्वभर बढ्यो, बजारमा आए लगत्तै नेपाललाई दिन रुस तयार

काठमाडौं । रुसले हालै बनाएको कोरोनाको भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको जनाएको छ । नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको उल्लेख गरेका छन् ।

रुसको भ्याक्सिनको चौतर्फी चर्चा सुरु भएका बेला उक्त भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउने र बजारमा आएसँगै उक्त भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन रुस तयार भएको राजदूत नोभिकभले बताए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भएको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत नोभिकभले भ्याक्सिनको बारेमा बताएका हुन् । उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी दिँदै भने नेपालले चाहना राखेको खण्डमा हामी उपलब्ध गराउन तयार छौँ ।

Related Articles

Back to top button
Close