Interesting

नेपालमै छन् यस्तो अ द्भुत शक्ति भएका युवा, जि ब्रोले निधार छुने उनको फिल्म खेल्ने रहर

मोरङ । सामान्य मानिसलाई आफनो जिब्रोलाई नाकको टुप्पोसम्म पुर्याउनु नै धौ धौ पर्छ । तर मोरङमा एक अचम्मका युवा छन जो जिब्रोले निधार सम्म पुर्याएर सबैलाई चकित तुल्याउँछन ।

मोरङको उर्लाबारी ५ झुम्रामा बसोबास गर्दै आएका मोरङको बेलबारी ११ लक्ष्मीमार्गका यज्ञ बहादुर कटुवालको अदभूत कलाले सबैलाई लोभ्याउने गरेको छ ।

उनी आफनो जिब्रोलाई निधारसम्म पुर्याउन सक्छन । उनको नाकको डाँडी सामन्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्किने गरेको उनी बताउँछन । बाल्यकालदेखि नै नाक सानो रहेको भएपनी केहि समस्या नभएको तर केहि समय यता भने किरा निस्कन थालेको उनी बताउँछन ।

आर्थिक अवस्था कमजोर भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएपनि निको भएको छैन । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दाँतको नाममा एउटा मात्र रहेको छन् ।

गाउँमा (ईकु) नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताएका छन । उनलाई आफुभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर लागेको बताउँछन ।

Related Articles

Back to top button
Close