Lockdown News

काठमाडौंको सडकमा बिहानैदेखि यस्तो कडाई

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

उपत्यकामा कोरोना भाइरस संक्रमण अप्रत्यासित रुपमा बढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेपछि सुरक्षाकमीृको सक्रियता समेत बढेको छ । निषेधाज्ञाको निर्णयसँगै सुरक्षाकमीले बुधबार बिहानैदेखि सडकमा कडा निगरानी गर्न थालेका छन् । सुरक्षाकर्मीले सवारीसाधन चेकजाँच गरिरहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा बढेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्र २ सयि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमित २ हजार ३ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close