News

काठमाडौको मासु पसलमा २२ बोरा म`रे`को कुखुरा भेटियो, यस्तो छ बे`च्ने रुट

काठमाडौं । राजधानी काठमाडौंको भीमसेन गोलामा रहेको बी एण्ड बी मिटसपमा देखिएको एक दृ`ष्यले सबैलाई सा`च्न बाध्य बनाएको छ । त्यहाँ बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु भेटियो । त्यो मासु सबै म`रेका कुखुराको थियो । उक्त मासु बरामदपछि नष्ट गरिएको छ ।

गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ । विशेष सु`राकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो ।

मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरि`वाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मि`श्रले जानकारी दिए । प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजा`री ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने निर्देशक मिश्रले बताए ।

मिट सपका सञ्चालनकलाई पक्राउ गरेर हिरासतमा लिइएको छ । उनीहरुले विभिन्न स्थानबाट `मृत कुखुरा संकलन गर्ने र राजधानीका विभिन्न स्थानमा सप्लाई गर्ने गरेको खुल्न आएको छ ।

Related Articles

Back to top button
Close