विदेशबाट फर्किनेलाई एक हप्ता सम्म काठमाडौं मै बस्नुपर्ने, एक रातको बसाई खर्च १० हजार सम्म तिनुपर्ने
काठमाडौँ, भदौ २ गते ।सरकारले विदेशबाट फर्किने श्रमिकलाई एक हप्ता काठमाडौँ राखेर मात्र घर फर्किन पाउने बाध्यकारी नियम लगाएको छ ।विदेशबाट उद्धार उडानमार्फत स्वदेश फर्किने श्रमिकलाई सरकारले तोकेको काठमाडौँको होटेलमा श्रमिकले आफ्नै खर्चमा बस्नुपर्ने बताइएको छ ।
विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई नि: शु`ल्क घर फर्काउनुपर्ने माग उठिरहेको बेला सरकाले श्रमिकलाई बास`कालािग एक रातको अधि`कतम १० हजारसम्मका होटेलमा बास बस्नुपर्ने तय गरेको छ ।परारष्ट मन्त्रालयका अनु`सार श्र`मिकले एक रात बापतको न्युनतम ३ हजार रुपैँया होटे`लमा बास बसे बापत तिर्नुपर्ने छ ।
विदेशबाट फर्किने नेपालीले ५ देखि ७ दिनसम्म काठमाडौंका होटलमा बस्नुपर्ने सरकारको पछिल्लो निर्णय छ।
श्रमिक होटलमा बस्न तयार नभएकै कारण कोरोना संकट व्यवस्थापन समितिले तय भइस`केका उडान समेत स्थगित गर्न पत्र पठाएको छ। सीसीएमसीको पत्रपछि मंगलबार हुने भनिएका उडान समेत रोकिएका छन्।
नेपालमा कोरोना संक्रमणदर अझ बढिरहेको भन्दै काठमा`डौंमै कोरोना परीक्षण गरेर मात्रै जिल्ला पठाइने भएको छ। जसका लागि अब विदेशबाट फर्किने नागरिकले सरकारले तोकेका काठमाडौंका होटलमा आफ्नै खर्चमा बस्नुपर्ने छ।
कोरोना परीक्षण गरी संक्रमण नभएको एकिन गरेपश्चात मात्र स्थानीय तहहरुमा तोकिएका क्वारेन्टिनमा पठाउने व्यवस्था गरिएको छ।सरकारले तय गरेका होटलको सूचीमा टुरिस्ट स्टाण्डर्डदेखि, पाँचतारेसम्मका छन्।सरकारले तय गरेका होटलको सूची`मा टुरिस्ट स्टाण्डर्डदेखि, पाँचतारेसम्मका छन्। साँग्रिला होटल पनि सरकारी सूचिमा छ।
जसमा बस्ने व्यक्तिले रातको १० हजार रुपैयाँ तिर्नु पर्नेछ।टुरिस्ट स्टाण्डर्डमा रातको ३ हजार प्रतिव्यक्ति, १ तारेमा ४ हजार, २ तारेमा ५ हजार, ३ तारेमा ६ हजार र ४ तारे होटलको मूल्य हरेक रात ८ हजार रुपैयाँ तोकिएको छ।५ तारे होटलको एउटा कोठामा २ जना बसेमा रातको १६ हजार रुपैयाँ कायम गरिएको छ।