Corona (COVID-19) Updates

उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो

काठमाण्डौ – उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । देशभर २७ हजार २ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या २ हजार १ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार काठमाण्डौमा एक हजार ७ सय ५, ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना छन् ।

हिजो मात्रै उपत्यकामा काठमाण्डौमा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना गरी १ सय ६८ जना कोरोना सङ्क्रमित थपिएका थिए ।

उपत्यकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १० जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म २७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि निको भएका छन् । ९ हजार ६ सय ३९ जना आइसोलेशनमा छन् भने १५ हजार १ सय ९८ जना क्वरेण्टीनमा छन् ।

Related Articles

Back to top button
Close