Lockdown News

आजै रातीदेखि लागूहुने गरी ९ दिनको लागि कर्फ्यु लगाउने निर्णय

महोत्तरी । महोत्तरीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको छ ।

आज राति १२ बजेबाट लागू हुने गरी ९ दिनको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।जिल्ला प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मात्रै निषेधाज्ञा गरेको थियो ।

उक्त क्षेत्रमा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखिएको भएपनि संक्रमण जिल्लाभरि नै देखिएका कारण भदौ १० गतेसम्म जिल्लामै निषेधाज्ञा गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनुभयो ।

Related Articles

Back to top button
Close