News

BREAKING NEWS: कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएपछी जिल्लामै पहिलोपटक सेना परिचालन गर्दै कर्फ्यू घोषणा !

पर्सामा कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लगाईएको निषेधाज्ञालाई थप कडाई गर्न सेना परिचालन गरिएको छ । साउनको पहिलो सातादेखि द्रुत गतिमा फैलिएको कोरोना भाईरस संक्रमण रोक्न साउन १० गतेदेखि प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गते बाट जिल्ला भरि निषेधाज्ञा बिस्तार गरिएको थियो । सेना परिचालनको निर्णयले त्यही अवस्थालाई दर्शाउन नखोजेको सुरक्षा स्रोतको भनाइ छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको थियो । तर सवारी साधनको संचालन लगायत आदेशका अन्य प्रवन्धहरुको समेत बर्खिलाप बढेपछि स्थानीय प्रशासन सेनालाई समेत मैदानमा उतार्ने निर्णयमा पुगेको हो ।

सेनाले फ्रन्टलाईनमा रहेको नेपाल प्रहरी सीमा सरक्षाको फ्रन्टलाईनमा रहेको सशस्त्र प्रहरीलाई सहयोग पु-याउने गरि सेना परिचालित भएको हो । प्रहरी र सेनाको संयुक्त गस्ती हुने र त्यसले निषेधाज्ञालाई पालना गर्ने वतावरण बनाउने बताएको छ । अवस्था नियन्त्रण भन्दा बाहिर गए सेना परिचालन गर्ने प्रबन्ध त छ । सेना परिचालनको निर्णयले त्यही अवस्थालाई दर्शाउन नखोजेको सुरक्षा स्रोतको भनाइ छ ।

पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ । शनिबार साँझसम्म नौसय ५१ पुरुष र दुईसय ३७ महिला र आईतबार पुष्टि भएका ४७ जना सहित एक हजार एक सय २ सय ३५ जनामा कोरोना संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार १९ जना भारतीय नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कैदी थुनुवा, अस्पतालका सफाइकर्मी, सुरक्षगार्ड र कार्यालय सहायक लगायतमा कोरोना संक्रमण देखिएको छ ।

तीन सय ७४ पुरुष र ७८ महिला गरी चार सय ५२ जना संक्रमित घरमै होम आईसोलेसनमा रहेका छन् । ९३ पुरुष र ३० महिला सहित एक सय २३ जना शंकास्पद व्यक्तिहरु क्वारेन्टाईनमा रहेका छन् । पर्सामा १५ हजार दुई सय २९ जनाको स्वाव संकलन भएको र नौ सय दुई जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close