शंखरापुर नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ पुग्यो
साँखु,२०७७ भाद्र १ । काठमाडौं उपत्यका लगायत शंखरापुर नगरपालिकामा पनि कोरोना भाइरस संक्रमितको संख्या बढने क्रम जारी छ।
यसै क्रममा शंखरापुर नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ पुगेको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले जानकारी दिनु भएको छ।
संक्रमितहरुको होम आइसुलेसन र सुस्मा कोईराला मेमोरियल अस्पताल साखुमा उपचार भैरहेको उहाँले बताउनु भयो। यो साता भरी नगरपालिकामा २ सय ६२ जनाको पि.सि.आर. गरिएको जानकारी दिनु हुँदै उहाँले संक्रमितहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको समेत कन्ट्याक्ट् त्रेसिङ समेत जारी रहेको उहाँले बताउनु भयो।
शंखरापुरमा थप क्षति हुन नदिन स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोईराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पताल संगको सहकार्यमा स्वास्थ्यकर्मीहरु लागि परेको जानकारी गराउदै नगरपालिकाको निर्देशन पालना गर्न र सचेत रहन प्रमुख चापागाईंले आग्रह गर्नु भयो।
शंखरापुर न्युज बाट