News

Breaking: बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि

हेटौँडा । बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । खबरब्रेकसँग कुरा गर्दै उपसभामुखले आफुलाई संक्रमण भएको जानकारी आएको बताउनुभयो । काठमाण्डौँमा हुँदा एकजना संक्रमित ब्यक्तिसँगको बैठकको क्रममा आफु पनि संक्रमित भएको हुनसक्ने अनुमान रहेको उनको भनाई रहेको छ ।

अहिले उहा आफ्नै क्वाटरमा आइसोलेसनमा रहनुभएको छ । संक्रमणको संभावना रहेपछि आफुले दुई पटक स्वाब दिएको र परिक्षणको रिर्पोट पोजेटिभ आएको उहाको भनाई रहेको छ ।

त्यस्तै सांसदका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।अछाम क्षेत्र नम्बर २ बाट सांसद यज्ञ बहादुर बोगटीका स्वकीय सचिव तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अछाम जिल्ला कमिटी सदस्य टोप बहादुर शाहीलाई सङ्क्रमण भएको पुष्टि भएको हो ।

शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन्। शाहीले सोमबार बिहान फेसबुकमा पोस्ट गर्दै आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको र आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको जनाउँदै सम्पर्कमा आएकाहरूलाई पनि सिपिआर परीक्षण गरी ढुक्क हुन आग्रह गरे।

‘हिजो साउन ३२ आएको रिपोट अनुसार पीसीआर टेस्टमा म पोजेटिभ भएको हुनाले मेरो प्रत्यक्ष सम्पर्कमा भएका सम्पूर्ण आफन्त र साथीहरूलाई होम क्वारेन्टीनमा कम्तीमा १४ दिन बस्नुहुन र कुनै स्वास्थ्य समस्या देखिएमा अथवा मेरो सम्पर्कमा आएको ६ दिनपछि कोरोना परीक्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’ शाहीले फेसबुकमा पोस्ट गरेका छन् ।

Related Articles

Back to top button
Close