International News

डोनाल्ड ट्रम्पले पनि स्विकारे रुसले बनाएको खोप विश्वमै पहिलो! रुसले सुरु गर्‍यो भ्याक्सिनको उत्पादन

काठमाडौं । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिनको पहिलो ब्याच तयार गरेको छ । केही वैज्ञानिकले भ्याक्सिन उत्पादनको अनुमति दिएर राष्ट्रिय गौरवको स्वास्थ्य र सुरक्षामा प्राथमिकता दिएकोप्रति चिन्ता व्यक्त गरेपनि

रुसले भने भ्याक्सिनले काम गर्ने भन्दै विश्वमै पहिलो पटक आफुले भ्याक्सिन तयार पारेको भन्दै बाजी मारेको दाबी समते गरेको छ । यसमा फिलिपिन्सका राष्ट्रपति र अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वास व्यक्त गरेका छन् ।

यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलेपनि यो भ्याक्सिन पूर्णतया सुरक्षित रहेको र आफ्नी छोरीलाई दिइएको दाबी गरेका छन् । रुसको स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ब्याच बनाइसकेको जनाएको हो । रुसले हरेक महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्नेसमेत दाबी गर्दै आएको छ ।

रूसले आफ्नो भ्याक्सिनको नाम स्पुतनिक ५ राखेको छ । स्पुतनिक अन्तरिक्षमा जाने विश्वको पहिलो उपग्रह थियो जुन उक्त उपग्रहलाई रूसले लन्च गरेको थियो ।

Related Articles

Back to top button
Close