Lockdown NewsNews

भदाै १ गतेबाट पुन:यसरी हुँदैछ बिदेशमा अलपत्रहरूकाे उद्धारका,दैनिक ५ सय ल्याइने

काठमाडौं, ३० साउन । कोरोना भाइसरको संक्रमण विश्वभर फैलिएपछि केहि महिना पहिलेबाट बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको काम भइरहेको थियो ।

तर सरकारले यसअघि भदै १ गतेबाट व्यवसायिक उडान खुला गर्ने निर्णय गरेकाले ती कार्यहरु स्थगित भएका थिए । तर तत्काल व्यावसायिक उडान भर्न नसकिने सरकारकाे पछिल्लाे निर्णयपछि पुन: नियमित उद्धार हुने भएको छ ।

सरकारले बिदेशमा अलपत्र परेका नेपालीहरुको भदाै १ गतेबाट पुन: उद्धारको उडानहरु भराउन भएको हो । सम्बन्धित मुलुकको दुतावासको सिफारिसमा अवस्था हेरेर दैनिक ५०० नेपालीको उद्धार हुनेछ ।

त्यसमा ३०० जना भने आँफै टिकट गरेर आउनसक्ने नेपाली समावेश हुनेछन् । त्यस्तै २०० जनालाई भने सरकारको खर्चमा नेपाल ल्याइनेछ । हालसम्म अलपत्र परेका ५० हजार ४ सय १३ नेपालीको उद्धार भइसकेको सरकारी तथ्याङ्क छ ।

जसमा यूएकईबाट सबैभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् । आज मात्रै नेपाल एयरलाइन्सको जहाजले नारिताबाट ५ बच्चासहित १ सय ५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ ।

Related Articles

Back to top button
Close