Lockdown News
काठमाडौं उपत्यकामा कडाई : आज राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेध जारी
काठमाण्डौ – सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार, ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँसम्मका सबै क्षेत्रमा कडाइका साथ नियम लागू हुने बताइएको छ। उनका अनुसार यो नियम ३० साउन रातिदेखि १५ भदौसम्म लागू हुने बताइएको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरूको शुक्रबार बसेको संयुक्त बैठकले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेको हो। भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टाछुट्टै आदेशमार्फत् यी गतिविधिमा रोक लगाएका छन्।
-Taja khabar