Religious

भोलि शनिबारको दिन यी सामग्रीले गर्नुहोस शनिदेवको पूजा, हट्नेछ शनि दोष!

यदि कसैको कुण्डलीमा शनि ग्रहको दोष भयो भने त्यो व्यक्तिले विभिन्न प्रकारका कष्ट भोग्नु पर्छ। जति कोशिश गरे पनि कार्य सफल नहुने, हरेक क्षेत्रमा नोक्सान हुने गर्छ । यदि कसैको कुण्डलीमा शनि दोष छ भने शनिदेवलाई शान्त पार्न विशेष प्रकारले पूजा गरेर शनि देवलाई खुशी पार्न कोशिश गर्नु पर्छ। शनिबारलाई शनिदेवको पूजा-आराधनाको दिन मानिन्छ। शनि देवलाई खुशी पार्न के-के विधि पुर्याएर पूजा गर्नुपर्छ त?

-शनिबार ब्रह्मा मुहूर्तमा उठेर स्नान गरेपछि शुद्ध र सफा कपडा लगाएर पीपलको रूखमा जल अर्पण गर्नुहोस्। त्यसपछि फलामले बनाएको शनिदेवको मूर्तिलाई पञ्चमृत अर्पण गनुहोस् र शनिदेवको मूर्ति स्थापना गर्नुहोस्।

-अब कालो तिल, फूल, धूप, कालो कपडा र तेल जस्ता सबै चीजहरूको साथ शनिदेवको पूजा गर्नुहोस्। पूजा गर्ने क्रममा शनिको दश नाम उच्चारण गर्नुहोस् – कोणस्थ, कृष्ण, पिप्पला, सौरि, यम, पिंगलो, रोद्रोतको, बभ्रु, मंद, शनैश्चर।

-पूजा सकिसकेपछि, काँचो धागोको साथ पीपलको रूखको सात परिक्रमा गर्नुहोस्। र शनिदेवको मन्त्र जप (शनैश्चर नमस्तुभ्यं नमस्ते त्वथ राहवे। केतवेअथ नमस्तुभ्यं सर्वशांतिप्रदो भव) गर्दै प्रार्थना गर्नुहोस् ।

Related Articles

Back to top button
Close