लडाउनले गर्दा नेपालमा, ह्वात्तै, घट्यो, जग्गाको, मुल्य !
कोरोना र लकडाउनले घरजग्गा व्यावसायलाई डामाडोल बनाएको छ। गत चैतदेखि जारी लकडाउनका कारण थलिएको घरजग्गा व्यावसाय असारमा लकडाउन खुकुलो भएसँगै ५० प्रतिशतसम्म कारोबार हुन थालेको थियो।
तर साउन तेस्रो साताबाट कोरोना संक्रमण उकालो लागेसँगै उपत्यकासहित धेरै जिल्लामा अहिले कारोबार रोकिएको छ । *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***
समुदायस्तरमा कोरोना फैलिएको आशंका भइरहेका बेला सेवाग्राहीको धेरै भिडभाड हुने मालपोत कार्यालय तत्काल सञ्चालनमा आउने छैनन्। सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउने पक्का छ। जसका कारण थलिएको घरजग्गा कारोबार तत्काल तंग्रिने सम्भावना निकै कम छ। पछिल्ल कारोबार भएका ठाउँमा अहिले २० देखि ३० प्रतिशत हाराहारीमात्रै कारोबार भइरहेको छ।
रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र उकासिन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ। जुन अहिलेसम्म सहज हुने कुनै संकेत छैन। कामविहीन भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरु दैनिक हजारौको संख्यामा स्वदेश फर्किरहेका छन्। उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो।
अहिलेको अवस्थामा आम्दानी नहुने तर बैंक लोनका कारण अप्ठ्यारोमा परेकाहरू बेच्न तयार छन् । तर किन्ने मानिसको अभाव छ । यस्तो अवस्थामा कतिपयको निकै सस्तोमा जग्गा बेच्नुपर्ने बाध्यता छ । यसरी खरिदकर्ता नहुँदा अबको २-३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने विज्ञहरु बताउँछन् । *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***