Corona (COVID-19) UpdatesVideos

विश्वका सात अर्ब मानिसलाई खोप कसरी दिने ? कसरी आउँला नेपालसम्म खोप ? यस्तो छ खोप वितरणको अवस्था (भिडियो)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोरोना भाइरसविरुद्धको पहिलो खोप निर्माण गरेको घोषणा गरे । रुसले यो खोपको नाम सोभियत संघले प्रक्षेपण गरेको पहिलो उपग्रहको स्मरण गर्दै ‘स्पुतनिक वी’ राखेको छ ।

संसार नै यतिबेला कोरोना भाइरसका कारण त्रस्त रहेको अवस्थामा यसविरुद्धको खोप निर्माण हुँदा विश्वभर खुसियाली छाउनुपर्ने थियो । तर रुसले निर्माण गरेको खोपलाई लिएर रुसबाहिर खुसियालीभन्दा उदासिनता बढी देखिएको छ ।

एकातिर संसारभर कोरोना भाइरसको संक्रमण बढ्दो मात्रामा छ भने अर्कातिर रुस खोप आपूर्तिका लागि तयार पनि छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजील, भारतजस्ता देशले रुसले निर्माण गरेको भनिएको कोरोना भाइरसविरु’द्धको खोपमा चासो देखाएका छैनन् ।(तलको भिडियो हेरौं)

Related Articles

Back to top button
Close