Corona (COVID-19) Updates

रुसको कोरोना भ्याक्सिनलाई ठूलो झट्का, गम्भीर नैतिक संकटमा फस्यो

काठमाडौं। रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनको रुपमा स्वीकृति दिएको कोरोना भ्याक्सिन गम्भीर नैतिक संकटमा फसेको छ । रुसले भ्याक्सिनलाई स्वीकृति दिएसँगै रुसकै शीर्ष श्वास प्रश्वास रोग विशेषज्ञ वैज्ञानिक अलेक्जेण्डर चुचालिनले भ्याक्सिनलाई स्वीकृति दिइनु ‘नैतिक मूल्य र मान्यताको व्यापक उल्लंघन’ भएको भन्दै राजीनामा दिएपछि रुसको भ्याक्सिनमाथि गम्भीर नैतिक प्रश्न उठेको छ । 

द सनको रिपोर्टअनुसार प्रोफेसर चुचालिनले यो भ्याक्सिनको स्वकिृति रोक्न हरसम्भव प्रयास गरेका थिए तर उनलाई बाइपास गरेर जबरजस्ती भ्याक्सिनलाई स्वीकृति दिइएपछि उनले राजीनामा दिएका हुन् ।

गत मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको पहिलो कोरोना भ्याक्सिनले स्वीकृति पाएको र अब यसको प्रयोग गरिने घोषणा गरेका थिए । प्रोफेसर चुचालिनले यो भ्याक्सिनको पर्याप्त जाँच नगरी स्वीकृतिका लागि अगाडि बढाएकोमा भ्याक्सिन विकासकर्ता गेमालेया रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्जेण्डर गिन्टसबर्ग र रुसी सेनाका शीर्ष भाइरोलोजिस्ट कर्णेल सर्गेइ बोर्सेभिकको कडा आलोचना गरेका छन् ।

उनले यी दुई वैज्ञानिकले भ्याक्सिन छिटो विकास गर्ने नाममा कैयौं नैतिक मूल्य र मान्यताहरु उल्लंघन गरेको आरोप लगाएका छन् । उनले आक्रोशित हुँदै सोधे ‘के तपाइँहरुले रुसी महासंघ र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले निर्धारण गरेका सबै आवश्यक प्रक्रिया पूरा गर्नुभएको छ ? छैन ! केही भएकै छैन ।’

उनले यो भ्याक्सिन विकासको क्रममा औषधि विज्ञानको मुख्य मान्यता ‘कुनै नकारात्मक असर नपार्ने’ कुरालाई उल्लंघन गरिएको बताए । उनले आफ्नो देशका केही वैज्ञानिकहरुले भ्याक्सिनको विषयमा गैर जिम्मेवार अभिव्यक्ति दिएका कारण आफू डिप्रेसनमा पुगेको समेत बताए ।

Related Articles

Back to top button
Close