समाचार भन्दा-भन्दै लाइभ कार्यक्रममा दाँत खस्यो, यसो गरिन् की सबै चकित परे ! [भिडियो सहित]
August 13, 2020
43 1 minute read
एजेन्सी – प्रत्यक्ष प्रशारण हुने टेलिभिजन कार्यक्रम संचालन गर्न पक्कै पनि सजिलो छैन। यसको लागि धेरै मिहिनेत र अनुभव चाहिन्छ। लाइभ कार्यक्रमका बीच आइपर्ने प्राविधिक समस्यालाई कार्यक्रम संचालकले राम्रोसँग सम्हाल्नु पर्ने हुन्छ। साथै उसले आइपर्ने कसरी लिन्छ भन्ने कुराले अझ बढी महत्व राख्छ। यस्तै लाइभ कार्यक्रमकै बीच आइपरेको एक समस्याका बाबजुत आफूलाई सम्हाल्न सफल भएका कारण अहिले एक समाचार वाचिका चर्चामा छिन्।
घटना हो, यूक्रेनको। त्यहाँ मारीचका पाडाल्को नाम गरेकी समाचार वाचिका समाचार वाचन गर्दै थिइन्। समाचार वाचन गर्दा-गर्दै उनको दाँत एक्कासी खस्न पुग्यो। लाइभ कार्यक्रममै दाँत खसेपनि उनी हडबडाइनन्। आफ्नो कर्ममा लागिरहिन्, समाचार वाचन गरिरहिन्।
सामाजिक संजालमा यति बेला उनको चर्चा छ। भिडियो भाइरल भएपछि उनी आफैंले पनि सामाजिक स्नाजल मार्फत उक्त घटनाको पुष्टि गरेकी छन्। लाइभ कार्यक्रमकै बीच आफ्नो दाँत खसेको उनको स्वीकारोक्ति छ।
“हो, प्रत्यक्ष प्रशारणकै बीच मैले दाँत गुमाएकी हुँ। समाचार वाचिकाको रुपमा म २० वर्ष देखि काम गरिरहेको छु। तर, यस्तो अजीब अनुभव मैले अहिले सम्म गरेको थिइन।”,इन्स्टाग्राममा उनी लेख्छिन्,”प्रत्यक्ष प्रसारण अद्भुत छ किनकि यो सँधै अप्रत्याशित हुन्छ। सन् २०१३मा मैले आफ्नै पति पक्राउ परेको प्रत्यक्ष प्रशारणकै क्रममा देखेको थिएँ।”