Lockdown News

कोरोना संक्रमण बढेपछि काठमाडौंको कुलेश्वर–बल्खु क्षेत्र सिल

काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेपछि काठमाडौंको कुलेश्वर–बल्खु क्षेत्र पनि सिल गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न ठाउँमा कोरोना संक्रमण बढेपछि सिल गरिएको हो ।

सोही वडाको कलंकी क्षेत्र पनि बिहीबार बिहानबाट सिल गरिएको थियो । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसायीदेखि घर बाहिर ननिस्कनेहरुमा पनि कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाभित्रका सबै टोलमा पुगेर घरभित्रै रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन माइकिङ गरिएको छ भने कोरोना संक्रमण देखिएका क्षेत्रमा डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको वडा कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button
Close