Auto News

व्याज नलाग्ने स्कीममा बजाजको कुन मोटरसाइकल किन्दा कति पर्छ मासिक किस्ता (सूचीसहित)

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक वितरक हंंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले सून्य प्रतिशत व्याजदरमा आफ्ना सबै मोडल बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले कोभिड १९ को संक्रमणले भएको लकडाउन खुकुलो भएसँगै ल्याएको अफर योजनालाई निरन्तरता दिइरहेको छ ।

कम्पनीले अहिले पल्सर सिरिजका विभिन्न मोटरसाइकल तथा एभेन्जर, डिस्कभर, प्लाटिना, डोमिनार जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

कम्पनीले ल्याएको सून्य प्रतिशत व्याजदरको अफरमा मोटरसाइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत अनिर्वाय डाउन पेमेन्ट गर्नु पर्ने छ भने बाँकी रकम १८ किस्तामा तिर्नु पर्ने हुन्छ ।

कम्पनीले केही दिनअघि केही मोडलको मूल्यसमेत बढाएको छ । बढेको मूल्य अनुसार बजाजका मोटरसाइकल सून्य प्रतिशत व्याजदरको स्कीममा किन्दा डोमिनार किन्नेले सुरुमा २ लाख ६४ हजार ९५० रुपैयाँ तिर्नु पर्छ । बाँकी २ लाख ६४ हजार ९५० रुपैयाँलाई १८ किस्तामा मासिक १४ हजार ७१९ रुपैयाँका दरले तिर्नु पर्छ ।
त्यस्तै एभेन्जर २२० को मूल्य ३ लाख ४३ हजार ९०० रुपैयाँ रहेको छ । यसमा ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १ लाख ७१ हजार ९५० रुपैयाँ तिर्नु पर्छ भने बाँकी रकम १८ महिनामा मासिक ९ हजार ५५३ रुपैयाँ तिर्नु पर्छ ।

त्यस्तै पल्सर एनएस एफआई र एबीएस भर्सनको मूल्य ३ लाख ५८ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई ग्राहकले मासिक ९ हजार ९६९ रुपैयाँ तिर्नेगरि किन्न सक्नेछन् ।

पल्सरको सर्वाधिक बिक्री हुने मध्येको २२० एफ एबीएसको मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले मासिक ९ हजार ३०३ रुपैयाँ तिर्नेगरि खरिद गर्न सक्नेछन् ।

पल्सर २२० एफ नन् एबीएसको नयाँ मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ । त्यसको ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले मासिक ८ हजार ८०३ रुपैयाँ तिरेर किन्न सक्ने छन् ।

पल्सर एनएस एबीएसको नयाँ मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ भने यसलाई १८ महिनाको किस्तामा किन्नेले ८ हजार ५३ रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ । यसलाई पनि ५० प्रतिशत डाउन पेमेन्ट भने अनिर्वाय रहेको छ ।

पल्सर १५० टीडीको मूल्य पनि कम्पनीले दुई हजार रुपैयाँ बढाएको छ । यसलाई पनि ५० प्रतिशत डाउन पेमेन्ट गरेर मासिक ७ हजार ५२५ रुपैयाँ तिर्नेगरि खरिद गर्न सक्नेछन् । पल्सर १५० स्टायडर्ड भेरियन्ट किन्ने ग्राहकले मासिक ७ हजार २१९ रुपैयाँ तिर्नु पर्छ । यसको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर सिरिजको सबैभन्दा कान्छो मोटरसाइकल पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ तोकिएको छ । यसलाई १८ किस्तामा ६ हजार ३०३ रुपैयाँ तिर्नेगरि यो मोटरसाइकल किन्न सक्नेछन् । त्यस्तै डिस्कभरको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई मासिक ५ हजार ८०३ रुपैयाँ तिर्नेगरि खरिद गर्न सकिन्छ ।

डिस्कभर कै १२५ डिस्क भेरियन्टको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ । ५० प्रतिशत डाउन पेमेन्ट बुझाएर यो मोटरसाइकल किन्दा मासिक ५ हजार ५२५ रुपैयाँ तिर्नेगरि किन्न सकिन्छ ।

डिस्कभर ड्रको मूल्य १ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ भने यसको मासिक किस्ता ५ हजार ३३१ रुपैयाँ तिर्नु पर्छ । बजाजकै सबैभन्दा सस्तो मोटरसाइकल प्लाटिनाको मूल्य १ लाख ६९ हजार ९०० रुपैयाँ यको छ । यसको मासिक किस्ता ४ हजार ७१९ रुपैयाँ पर्छ ।

Related Articles

Back to top button
Close