Corona (COVID-19) Updates
कुखुराको मासुमा पनि देखियो कोरोना संक्र`मण
काठमाडौं । विश्वमा नै त्रास थपेको कोरोना संक्र`मणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ ।त्यस्तै अमेरिकापछि दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोनाको महामा`री ति`ब्र गतिमा फैलिएका बेला जनावरमा पनि यसको संक्र`मण देखिएको तथ्य फेला परेको छ ।
हालै चीन लगिएको कुखुराको मासुमा पनि कोरोना भाइरस देखिएको अन्त`राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । न्यु योर्क पोष्टका अनुसार ब्राजिलबाट चीनमा लगिएको कुखुराको मासुमा कोरोनाभाइरस फेला परेको हो । सेन्जेन शहरमा नियमित कोरोना जाँचको क्रममा कुखुराको मासुमा कोरोनाभाइरस फेला परेसँगै थप त्रास पैदा भएको छ ।
पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्र`मण कम देखिन थालेका बेला प्याक गरिएको मासुमा संक्र`मण पु`ष्टि भएको हो । चीनमा ८४ हजार ४ सय ५६ जनामा कोरोना संक्र`मण देखिएको छ ।