Banking NewsCorona (COVID-19) Updates

मुक्तिनाथ बिकास बैंकका ७ कर्मचारीमा देखियो कोरोना संक्रमण, बैंकको शाखा सिल गरियो

काठमाडौँ – पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विभिन्न कार्यालयका कर्मचारीमा पनि देखिन थालेको छ । यस्तै मुक्तिनाथ बिकास बैंक लिमिटेडमा कार्यरत ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

मुक्तिनाथ बिकास बैंकको जनकपुरस्थित एक शाखामा रहेका ७ जनामा कोरोना संक्रमण देखिएको हो । यस शाखा केहि समयअघि मात्र सञ्चालनमा आएको बताइएको छ ।

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले अस्पतालमा आइसोलेसनमा रहेको जनाइएको छ । कोरोना संक्रमित फेला परेपछि बैंकको उक्त शाखा सिल गरिएको जनाइएको छ ।

यसअघि पनि बिभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखि सकेको छ । पछिल्लो समय बैंकरहरु कोरोना भाइरसबाट प्रभावित हुन थालेका छन् ।

Related Articles

Back to top button
Close