Lockdown News

जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, गृह मन्त्रालयले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले बढ्दो कोरोना संक्रमणसँगै देशभरबाट सवारी पास बन्द गर्ने भएको छ ।

गृहमन्त्रालयद्वारा बुधबार जारी सूचनाअनुसार कोभिड–१९ को कारण नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय र निर्देशन अनुसार अनिश्चित कालका लागि सम्पूर्ण पासहरु बन्द गर्न निर्देशन दिएको हो ।

बिहीबारदेखि लागू हुने गरि प्रकाशित गरिएको सूचनाअनुसार अब कुनै पनि व्यक्ति वा सवारीलाई देशभरका कुनै पनि प्रशासन कार्यालयहरुबाट सवारी पास उपलब्ध नगराउन निर्देशन दिइएको छ ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।

Related Articles

Back to top button
Close