Corona (COVID-19) Updates

एकै दिन कोरोना बाट १० जनाको मृ`त्यु, लकडाउन अन्त्य पछि ५२ जनाको मृ`त्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोना महा`मा`री शुरु भएयता बुधबार मृतकको यो सबै भन्दा ठूलो सं`ख्या हो। नेपालमा मृत्यु दर निकै न्यून देखिए पनि बुधबार भने मृतकको तथ्यांक दोहोरो अंकमा पुगेको छ।

बुधबार काठमाडौं, धादि`ङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका विभिन्न अस्पतालमा गरेर १० जनाको मृ`त्यु भएको छ। स्वास्थ्य म`न्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा ९ जनाको मृ`त्यु भएको जानकारी दिइएको थियो। मन्त्रालयको पत्रकार सम्मेलनपछि विराटनगर स्थित कोशी अस्पतालमा एक पुरुषको मृ`त्यु भएको छ। यो सँगै बुधबार १० जनाको मृ`त्यु भएको हो। हाल म्म नेपालमा कोरोनाका कारण मृ`त्यु हुनेको संख्या ९२ पुगेको छ।

गत जेठमा कोरोनाका कारण पहिलो मृ“त्यु भएपछि सरकारले औपचारिक लकडाउनको अन्त्य गरेको दिन साउन ६ गते सम्म ४० जनाको मृ`त्यु भएको थियो। साउन ६ गते सम्मको तथ्यांक भन्दा त्यस पछिका २१ दिनमा कोरोनाका कारण मृ`त्यु हुनेको संख्या मा शत प्रतिशत भन्दा धेरैले वृ`द्धि भएको पाइएको छ। लकडाउन अन्त्य भएको बुधबार २१ दिनमा मृत`कको संख्या ५२ ले बढेको छ।

स्वास्थ्य मन्त्रा`लयका प्रवक्ता जागेश्वर गौ`तमले मानिसहरुमा चेतनाको अभाव र अटेरीका कारण कोरोनाको संक्र`मण झन बढिरहेको बताए। उनले भने, ‘मानिसहरु मास्क नै लगाउँ`दैनन्। अटेरी गरिरहेका छन्। त्यसले जन जोखिम बढाएको छ। सकारले साढे पाँच हजार तिरेर पी सी आर परीक्षण गर्छ। तर आम जनता भने दुई सयको मा`स्क पनि लगाउँदैनन्।’ सरकारले हाल सम्म कोरोनाको उपचारमा मात्र करिब साढे तीन अर्ब खर्च गरि`सकेको बताए। <डिसी नेपाल>

Related Articles

Back to top button
Close