News

छड, सिमेन्ट, इँटा लगायतका निर्माण समाग्रीको भाउ बढ्यो, कुन समाग्रीको मूल्य कति पुग्यो ??

जनकपुरधाम, साउन २८ गते । कोरोना भाइरस संक्रमणले व्यावसाय धारासायी हुनथालेपछि विभिन्न कारण देखाउँदै निर्माण समाग्रीको मूल्यवृद्धि गरिएको छ ।

संक्रमणकालीन अवस्थामा विकास निर्माणको काम अवरुद्ध भएपनि निर्माण सामग्रीको मूल्य भने बढेको छ ।व्यवसायीका अनुसार ढुवानी भाडा बढेका निर्माण सामग्रीको भाउ बढाइएको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले ढुवानीमा दोब्बर वृद्धि भएका कारण हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।उनका अनुसार ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उनको भनाइ छ ।

महासंघका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३ / ७४ मा भन्दा आर्थिक वर्ष २०७४ /७५ र २०७५ /७६ मा क्रमशः घटेको थियो । आव २०७३ /७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपैयाँ र प्रतिकेजी डन्डी ९० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।तर आर्थिक वर्ष २०७५/७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपैयाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपैयाँसम्ममा किनबेच भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपैयाँ र डन्डी प्रतिकेजी ८०/८२ रुपैयाँसम्म पु र्‍याए ।निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् ।

महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि ९ सय रुपैयाँ, डन्डी प्रतिकेजी ८० रुपैयाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button
Close