Economic News

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ भारी मात्रामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कायम भएको छ ।

रसियामा कोभिडको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने महासंघले जनाएको छ ।
मंगलबार एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ र चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ

Related Articles

Back to top button
Close