Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

शंखरापुर नगरमा ३ जना कोरोना संक्रमित ।

साँखु,साउन २७ मंगलबार। शंखरापुर नगरपालिकामा ३ जना कोरोना भाइरस संक्रमित भेटिएको छ। नगरपालिकाको वडा नं. ९ मा दुई जना र वडा नं. ७ मा १ जना गरि ३ जनामा काेराेना भाइरस भेटिएको हो।

वडा नं. ९ का एकै परिवारका आमा छोरा को पि.सि.आर रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष घनश्याम थापाले जानकारी दिनु भएको छ। ९ का संक्रमितहरू स्थानीय नै रहेकाे र ट्राभल हिस्ट्र केहि नभएका ब्यत्तिहरू भएकाेले कसरी काेराेना भाइरस संक्रमित भयाे भनि अचम्ममा परेकेा र हाल उनीहरूकाे पाटन अस्पतालमा उपचार भै रहेकाे वडा अध्यक्ष थापाले बताए ।

तेसै गरि वडा नं. ७ शालिनदी रोड स्थित नगरपालिका नजिकैको वर्कशपमा काम गर्ने बारा जिल्लाका  मजदुरमा काेराेना संक्रमित भेटिएकाे छ । बिश्वस्त सुत्रका अनुसार बारामा पि.सि.अार टेष्ट गराइ रिपाेर्ट नअाइकन  २ दिन अघि मात्र शंखरापुर अाएका थिए भने शंखरापुर अाए देखि हाेम क्वारेन्टाइनमा बसेका थिए ।  हाल उनलाइ उपचारकाे लागि टेकु पठाइएकाेमा उनलाइ त्यहाँबाट किर्तिपुर पठाएकाे जानकारी प्राप्त भएकाे छ ।

शंखरापुर न्युज बाट

Related Articles

Back to top button
Close