Educational News

परीक्षा बारे त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै जरुरी सूचना [सूचना सहित]सबैको जानकारीको सेयर गर्नुहोस !!

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । परीक्षा स्थगित गरेको सूचना भर्खरै प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको हो ।

प्रकाशित सूचनामा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा किर्तिपुर काठमाडौद्धारा सञ्चालित स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षा कार्यक्रमहरु स्थगित भएको उल्लेख छ ।

सूचनामा भनिएको छ, परीक्षाहरु आगामी भदौ महिनाको दोस्रो सातादेखि हुने भनी मिति २०७७ । ०४ । ०९ का दिन सूचना प्रकाशित भएकोमा हाल कोभिड –१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न जिल्लाहरुमा निषेधाज्ञा समेत जारी भएकाले यस संकायको परीक्षा नियन्त्रण महाशाखाद्धारा लिईने सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । जानकारी आफुले पाएपछि सबैका लागि सक्दो सेयर गरिदिनुहोला ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

सूचना हेर्न यता क्लिक गर्नुहोला !!!!

Related Articles

Back to top button
Close