News

गोंगबु ह’त्या प्रकरण : एक युवती पक्रा उ, कसरी भयो घ टना ?

काठमाडौं / गोंगबुमा एक पुरुषको वि’भ’त्स ह’त्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनबाट एक युवती पक्राउ परेकी हुन् ।

प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको श’व भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।

सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको ह’त्या भएको खुलेको थियो । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

Related Articles

Back to top button
Close