Lockdown News

‘२०० बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक, फुटपाथ-ठेलागाडा बन्द’

काठमाडौँ – दुई सय भन्दा बढी कोरोना भाइरस संक्रमित जिल्लाबाट काठमाडौँ उपत्यकामा हुने आवतजावत माथि पूर्ण रोक लगाउन सिफारिस गरिएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लाबाट काठमाडौँ उपत्यका आउन नपाउने नियम लागू गर्न सरकारलाई सिफारिस गरेको हो।

उपत्यका बाहिरबाट आउने नागरिकहरुबाट कोरोना फैलिएको पाइएसँगै आइतबार बसेको सीसीएमसीको बैठकले सरकारलाई यस्तो नियम लागू गर्न सुझाव दिने निर्णय गरेको बताइएको छ।

साथै आइतबारको बैठकले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार बन्द गराउन पनि सरकारलाई सिफारिस गरेको छ।

पछिल्लो समय देशैभर कोरोना भाइरस संक्रमित बढेको भन्दै सम्पूर्ण क्षेत्रमा कडाई गर्ने बैठकको निर्णय छ। सीसीएमसीले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका व्यापार तथा कवाडी संकलन स्थानीय प्रशासन र स्थानीय तहले अनिवार्य रुपमा निशेष निगरानी राख्नुपर्ने निष्कर्ष निकालेको छ।

Related Articles

Back to top button
Close