Lockdown News

सार्वजनिक यातायात पुनः बन्द गर्ने तयारी

लकडाउन खोलेपछि नेपालमा कोरोना संक्रमण हुने क्रम तिव्र गतिमा छ । राजधानी काठमाण्डौका ३ जिल्लामा पनि संक्रमण बढेको छ । आजमात्रै काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

काठमाण्डौँमा संक्रमितको संख्या १ हजार नाघिसकेकाले जोखिम थप बढ्दै गएको छ । उपत्यकाका ३ जिल्लाले आजबाट मात्रै सटडाउन जारी गरेका छन् ।

संक्रमण बढी देखिएका केही ठाँउमा भने सिल नै गरिएको छ । यसैबीच, आज उपत्यकाका मेयरहरुले रक्षा मन्त्रालयमा भएको छलफलमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटि संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।

शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गर्दै यस्तो सुझाव दिएका हुन् ।
संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

उनीहरुले उपत्यका प्रवेशमा थप कडाई गर्न आग्रह गरेका छन् । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् ।

Related Articles

Back to top button
Close