Lockdown News

दुई पाङ्ग्रेमा लाइसेन्स अनिवार्य नगर्न माग, विकल्प खोज्दै सरकार

सवारी साधन सञ्चालनको अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को काम अहिले बन्द छ । ट्रायल लिएर लाइ सेन्स प्रदान गर्ने काम प्रदेश सरकारहरुले बन्द गरेका छन् । प्रदेशमा यो अधिकार गएसँगै यसको सम्पूर्ण निर्णयको अधिकार पनि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिईएको छ ।

‘विकल्प सोचेको छैन’

कोरोना भाइरसको संक्रमणका कारण अहिले ट्रायल लिने र दिने काम बन्द छ । लकडाउन खुल्नासाथ २ पांग्रे सवारीको बिक्रि बढेको भएपनि लाइसेन्सको परीक्षा लिने काम नहुँदा मोटरसाइकल खरिदकर्ताले अरुकै नामको लाइसेन्स राखेर किन्ने प्रवृत्ति मौलाएको छ । हाल दैनिक २ सय बढी मोटरसाइकलहरु बि क्रि भइरहेपनि सबै खरिदकर्ताले आफ्नै लाइसेन्स राखेर किनेको नहुन सक्ने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंह बताउँछन् ।

‘अरुको लाइसेन्स राखेर मोटरसाइकल किन्ने अभ्यास पनि रहेछ’ उनले भने, ‘अब तत्कालै ट्रायल लिएर लाइसेन्स वितरणको काम गर्न सकिने अवस्था छैन, विकल्पबारे पनि आजसम्म छलफल भएको छैन, अब यो समस्या छलफलको विषय बन्छ, आजै मन्त्रीसहितको छलफल भएकाले यो विषय पनि उठ्ने छ, केही निश्कर्ष निस्केला ।’

‘विभागले सिस्टम हस्तान्तरण गरेको छैन’

विभागले सबै अधिकार प्रदेशमा गएको भनेपनि प्रदेश सरकारले भने ‘एक्सन’मा जाँदा आवश्यक पर्ने केही प्राविधिक विषय भने विभागसँगै रहेको बताएको छ । विभागले सबै कुरा हस्तान्तरण नगरेका कारण तत्कालका लागि प्रदेश सरकार र यातायात व्यवस्था विभाग मिलेरै काम गनुपर्ने अवस्था रहेको प्रदेश मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव बहादुर भण्डारी बताउँछन् ।

‘विभागले सबै कुरा हस्तान्तरण गरिसकेको छैन, अहिले यातायात र लाइसेन्स सम्बन्धि काम विभाग र प्रदेश मिलेरै गर्नुपर्ने हुन्छ’ उनले भने, ‘सफ्टवेयर विभागसँगै छ, कर्मचारी प्रदेशका भएपनि सिस्टम यातायात व्यवस्था विभागकै भएकाले विभागले अहिले नै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’

Related Articles

Back to top button
Close