Corona (COVID-19) Updates

नेपालमा एकैदिन ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, संख्या ७३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको बताए ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुने थप ३ जनामा पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए । यसअघि पनि शुक्रबार नेपालमा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।

यस्तै प्रवक्ता डा। गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२,५९२ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यससँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।

Related Articles

Back to top button
Close