Lockdown News

ओली सरकारले सार्वजनिक गर्यो कोरोना सम्बन्धी ५ मह`त्वपूर्ण निर्णय, सबै आजै देखी लागु गरिने ! [सुचना सहित]

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्र`मण नेपालमा व्यापक मात्रामा बढ्दै गएपछि गहृ मन्त्रालयले पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । समुदायमै फैलियो कोरोना, बर्दियामा पनि समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष स्थानियले तहल निकालेको छ ।

समुदायमा कोरोना भाइरस पुष्टि भएपछि शनिवारवाट बर्दि`यामा पनि निषेधाज्ञा जारी गरिएको छ । बर्दियामा बैंक कर्मचारी, जनप्रतिनिधि र थुनुवामा समेत कोरोना पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले तत्काल पाँच दिनका लागि निषे`धाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष सहित निषे`धाज्ञा जारी गरिएको बताए । बर्दियाको बाँसगढी स्थित बैंकका कर्मचारी, वडाअध्यक्ष तथा गेरुवा गाउँपालिकामा एकजना थुनुवामा कोरोना पुष्टि भएको हो । ट्राभल हिष्ट्रि नभएकाहरुमा पनि कोरोना देखिएपछि कोरोना समुदायमा फैलिएको निष्कर्ष जिल्ला प्रशासन कार्यालयले निकालेको हो ।

कोरोना भाइरस फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदाय`स्तरमा कोरोना फैलन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार साँझ बसेको बैठकको निर्णयानुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा आज मध्यराति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ।

स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार जारी गरिएको निषे`धाज्ञा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र तोकिएको छ।

यसैगरी बेलको`टगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङ`ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा आज रातको १२ बजदेखि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं नुवाकोटका प्रजिअ ढकालले जानकारी दिए।

Related Articles

Back to top button
Close