भारतको केरलामा अवतरणका `क्रममा एयर इण्डि`याको विमान दुर्घ`टना
काठमाडौं- भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ।एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दु र्घटनामा भएको हो।
Kerala: An Air India Express plane skidded during landing at Karipur Airport, Kozhikode. More details awaited. pic.twitter.com/TxrQEzxPDV
— ANI (@ANI) August 7, 2020
उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उद्दारकार्य जारी रहेको छ ।क्षतिको विवरण भने आइसकेको छैन। केही व्यक्तिहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।
भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएकाे छ। दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने नभएको बीबीसी हिन्दीले जनाएको छ ।
घटनालाई लिएर भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।