ReligiousVideos

सिन्धुलीको सडकमा देबिको डरलाग्दो शक्ति , देबिको शिरबाट गाडी कुदाउदा यस्तो भयो हालत (भिडियो)

काठमाडौँ- सिन्धुलीको रिठ्ठे भिरको कथा सायद सबैलाई थाहा नहुन सक्छ । यहाँको धेरै पुरानो कथा अनि कहानी छुट्टै रहेको छ । धेरै पहिला सडक निर्माणका क्रममा बाटो खन्ने क्रममा यहाँ धेरै डोजर र जेसिबी बिग्रेको कथा सबैले सुनाउछन् । त्यहा बाटो खन्न लाग्दा आफै स्टार्ट बन्द हुने जस्ता अचम्मका कुराहरू हुन थाले । धेरै पटक यसरी यो क्रम चलिरहदा सबै चकित नै भएर किन यस्तो भयो भनेर बुझ्दै जादा त्यो सडकको तल एक देबिको मन्दिर रहेको भेटियो ।

धामी झाक्री र सबैको सल्लाहमा त्यहाँ पुजाआजा गरियो र क्षमा याचना मागियो । अनि मात्र बाटो बनाउन सफल भएको सत्य कथा नै सबैले सुनाए । अति नै शक्तिशाली देबिको बासस्थान रहेकाले त्यहा सबैले ढोगेर मात्र आवतजावत गरेको पाइन्छ । बाटोको भित्तामा मन्दिर बनाइएको छ र त्यहा धेरैजसो मातालाई मन पर्ने ऐना चढाउने गरेको छ । प्राय देविको मन्दिरको छेउबाट दुबैतिर निकै परसम्म ऐना राखिएको छ । ऐनामा आफ्नो गाडिको नम्बर लेखेर चढाउदा आफ्नो गाडी दुर्घटनामा नपर्ने बिश्वास रहेको छ ।

अन्य सामान्य मानिसहरु पनि आवतजावत गर्दा देबिको मन्दिरमा गएर दर्शन गर्ने देखि ऐना र भेटी चढाउने गरेको पाइएको छ । देविलाई खुशी पार्दा आफ्ना संकट र दुख भाग्ने जनबिस्वास रहेको छ । यात्राकै क्रममा सुपर अनलाइन टिभीको टिम त्यहाँ पुगेको छ । माताको मन्दिरको केही दुरि मात्रै टाढा एउटा गाडी दुर्घटनामा परेर कच्याक कुचुक नै हुने गरि बाटोको छेउमा देखियो । त्यो गाडी कुदाउदा देबिलाई वास्ता नगरेको र देविलाई रिस उठ्ने क्रियाकलाप गरेको भएर त्यस्तो अवस्थामा पुगेको भनेर बताउछन एक स्थानीय युवा ।

त्यसको केही समयपछि देविको मन्दिर छेउमा पुगेपछी त्यहाँ यात्राको क्रममा देविलाई दर्शन गरेर ऐना चढाउदै गरेका युबालाई चढाउदै गरेको अवस्थामा भेटियो देवीको बारेमा उनले पनि धेरै कुरा बताए । त्यसपछि मन्दिरमा पुग्दा अर्का एक युवा मातालाइ दर्शन गरेर भेटी चढाउदै गरेको भेटियो । उनलाई देविको बारेमा सोध्दा देबिको अदृश्य शक्ति चमत्कार र ऐना भित्र लुकेको अर्को डरलाग्दो रहस्य बताए साथै सुरुदेखि अहिलेसम्मकै सम्पुर्ण कुराहरु यसरी बताए । तल भिडियोमा हेर्नुहोला होस उड्नेछ ।

 

Related Articles

Back to top button
Close