Corona (COVID-19) Updates

नेपालमा कोरोना’को कारण नि’धन हु’ने’को संख्या ७० पुग्यो

साउन २३, काठमाडौं । नेपालमा शुक्रवार थप ४६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा हाल ६ हजार ३३० सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संकृमित बढ्दै गए नियन्त्रण गर्न कठिन हुने बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणका कारण थप ५ जनाको २४ घण्टाको अवधिमा निधन भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७० पुगेको छ ।नेपालमा कुल संक्रमित मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिको निधन भएको उनले बताए

Related Articles

Back to top button
Close