Lifestyle/ Health

बच्चा जन्मेको १ वर्षसम्म बच्चालाई के खुवाउने ,के नखुवाउने ??

काठमाडौँ । बच्चा जन्मेको एक वर्षसम्म बच्चालाई विशेष ध्यान दिन जरुरी छ । किनभने यो समय बच्चाको शारिरिक र मानसिक विकास त्रीव हुने समय हो । जसले गर्दा यो समयमा बच्चालाई सन्तुलन मिलाएर आवश्यक पौष्टिक पदार्थ भएको खानेकुराहरु खुवाउनुपर्छ । तर बिचार गर्नुस् , यो १ वर्षको समयमा बच्चालाई आमाको दूधसँगै जे पायो त्यही खुवाउनु हुदैन् । त्यसैले आज हामी तपाईलाई बच्चा जन्मेको एक वर्षसम्म के खानेकुरा खुवाउने र के नखुवाउने बताउदै छौँ । हेर्नुस्:

 

  • १. बच्चा जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ ।
  • २. बच्चा जन्मेको ६ महिनापछि बच्चालाई विस्तारै उमालेर सेलाएको पानी खुवाउन सुरु गर्नुपर्छ ।तर बच्चालाई बोतलबाट दूध र पानी नपियाउनुस् ।
  • ३. ६ महिनापछि बच्चालाई विस्तारै खानामा अन्य आहारहरु पनि समावेश गर्नुपर्छ । जसमा दाल ,खिर जस्ता कुराहरु पर्छन् ।

 

  • ४. ६ महिनादेखि बच्चालाई केरा दूधसँग मुछेर खुवाउँदा पनि राम्रो हुन्छ । जसमा स्याउ , आँप र केरा जस्ता फलफूलहरु पर्दछन् ।
  • ५. सात महिना देखि आठ महिनासम्मको बच्चालाई हामीले पकाएको तरकारीमा दाल र खिचडीलाई मज्जाले थिचेर खुवाउँदा हुन्छ ।
  • ६. अब बच्चा नौ महिना पुगेपछि बच्चालाई गाई र भैसीको दूध पिलाउन सकिन्छ ।
  • ७. जब बच्चा एक वर्ष पुग्छ , त्यसपछि बच्चालाई सन्तुलित र पूर्ण आहार खुवाउन सकिन्छ

Related Articles

Back to top button
Close