Lockdown News

१० दिनका लागि बैंक तथा वित्तीय संस्था र सार्वजनिक यातायात पूर्णरुपमा बन्द गर्ने निर्णय

कपिलवस्तु । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तीय कार्यालयबाट प्रदान गरिने सबै सेवा र सार्वजनिक यातायातका सेवा शुक्रबारबाट पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

साउन २३ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म १० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । उक्त अवधिमा जिल्लामा जोर विजोर नम्बरका आधारमा सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको छ । प्रदेशमा सबैभन्दा बढी र मुलुकमा पाँचौ बढी संक्रमित कपिलवस्तुमा छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९१ छ ।सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close