Corona (COVID-19) Updates

काठमाडौंको ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

२२ साउन, काठमाडौं ।
काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

बिहीबार ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी दम, होइपोथाइरोडिजम र उच्च रत्तचापकी विरामी थिइन् । श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओम अस्पतालमा ल्याइएको थियो ।

Related Articles

Back to top button
Close